Logo

प्रमुख समाचार

सदनमा सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । बिहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको छ ।

१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । कांग्रेसको पूर्व अडान यथावत् रहेको सांसद रामहरि खतिवडाले जानकारी दिए ।

आजको प्रारम्भिक कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने कार्यतालिका छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार  ११ : २८ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।