काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । त्यसपछि समिति बनाउने उनको आश्वासन छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय समिति गठनको माग राखी संसद् अवरोध गर्दै आएको कांग्रेसले प्रधानमन्त्री प्रचण्डको आग्रहलाई सकारात्मक रूपमा लिएको छ ।
समिति गठन नभएसम्म बैठक चल्न नदिने कांग्रेस अडानमा छ । प्रधानमन्त्री प्रचण्डले समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ ।’
आज ४ बजे संसद् बैठक छ ।




















प्रतिक्रिया