Logo

प्रमुख समाचार

संसदमा एक पटक बोल्न पाउनुपर्ने गृहमन्त्री लामिछानेकाे माग



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने आफ्नो माग दोहोराएका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले एक पटक बोल्न पाउनुपर्ने मात्र मागेको बताउँदै घिन लाग्दो मिडिया ट्र्याल भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- ‘एक पटक बोल्न पाउनु पर्यो । त्यत्ति हो मागेको । यति घिन लाग्दो मिडिया ट्रायल ?’

कांग्रेसले सहकारी ठगि प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । प्रधानमन्त्रीसहित सभामुखले पनि पटक पटक छलफल गरेर सहमतिको प्रयास गरेपनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १७:०६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।