काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । बिहीबारको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए ।
कांग्रेसको अवरोधपछि भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको हो ।
त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएको भन्दै यसले नराम्रो सन्देश गएकाले बस्न आग्रह गरेका थिए । तर पनि कांग्रेस सांसदहरू आसनमा नबसेपछि अध्यक्ष दाहालले बैठक स्थगित भएको घोषणा गरे ।
प्रतिक्रिया