Logo

प्रमुख समाचार

सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल, ओली र गुरुङबीच भनाभन, संसद स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच धकेलाधकेल भएको छ ।

कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि कांग्रेसका सांसदहरू आक्राेशित भएका थिए ।

सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार गभएकाे छ । ओली र कांग्रेसका सांसद धनराज गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरु पनि धकेलाकेलमा उत्रिएका हुन् ।

सांसदहरुबीच मुडभेडको स्थिती भएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै नाराबाजी गर्दै वेल घेराउ गर्दै आइरहेको छ ।

कांग्रेसको नाराबाजीबीच सभामुखले राष्ट्रपतिबाट प्राप्त भएको पत्र पढेर सुनाएका थिए ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले निरन्तर प्रयास गरेपनि सहमति जुट्न नसकेको हो ।

प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार  ६ : २१ बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।