Logo

प्रमुख समाचार

कांग्रेसमाथि ‘काउन्टर अट्याक’ को मनस्थितिमा रास्वपा



काठमाडाैं । प्रतिनिधिसभाकाे जेठ ३ गते बसेकाे बैठकमा कांग्रेसकाे कडा अवराेध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू कांग्रेसप्रति कडा प्रतिक्रियामा उत्रिएका छन् ।

रास्वपाका सांसद मनिष झाले कांग्रेसका सभापतिदेखि बाहिर आएका मुद्दाबारेका फाइल खाेल्न आवश्यक भएकाे प्रतिक्रिया दिएका छन् । त्यस्तै कांग्रेस सांसद ताेसिमा कार्कीले पनि संसदमा कांग्रेसले छानबिन समिति बनाउने मात्रै माग नराखेकाे प्रतिक्रिया दिइन् ।

सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने पनि लगातार आफूविरुद्ध आक्रमण भइरहेकाे भन्दै बदलामा कांग्रेसका नेताहरूमाथि लागेका आराेपकाेबारे छानबिन अगाडि बढाउने तयारीमा रहेकाे रास्वपा सांसदहरूकाे प्रतिक्रिया छ । संसदमा बोल्नबाट समेत वञ्चित गरिरहेपछि कांग्रेसविरुद्ध रबीसहित कांग्रेस सांसदको आक्रोश बढ्दै गएकाे छ । यसमा एमालेले कांग्रेसकाे विराेधकाे प्रतिकार गर्ने विषय उठाएअनुसार विराेध सुरु गरेकाे छ । आज संसदमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल समेत भएकाे छ ।

आजकाे संसदकाे बैठकपछि सांसद मनिष झाले रास्वपा एक सहकारी मात्रै नभएर समस्याग्रस्त सबै सहकारीकाे सामधान हुने गरी समिति बनाउन तयार रहेकाे बताएका छन् ।

कांग्रेसले एकोहोरो खेदे पनि गृहमन्त्रीले कांग्रेसप्रति पूर्वाग्रह नराखिकन सन्तुलन मिलाएर काम गरिरहेको तर अब हेरेर नबस्ने सांसद मनिष झाकाे चेतावनी पनि कांग्रेसप्रति रास्वपा कडा प्रतिवादमा जाने संकेत हाे ।

‘हाम्रो यो सदासयतालाई कांग्रेसले कमजोरी ठान्यो । तर, अब गृहमन्त्री पनि काउन्टरका लागि तयार हुनुहुन्छ ।’

गृहमन्त्री लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी जोडिएको टीकापुर जग्गा प्रकारणको फाइल खोल्ने तयारी गरेका छन् । टीकापुर बजार क्षेत्रको करिब ६०० कठ्ठा सरकारी जग्गालाई कीर्ते कागज बनाइ विभिन्न नेता-कार्यकर्ता र आफन्तले हडपेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो ।

यो अनियमिततामा देउवापत्नी आरजु राणा मुछिएकी छिन् । यस्तै देउवाका छोरा जयवीरसिंह देउवाको विषयमा नेपालवाच डटकममा प्रकाशित समाचारका आधारमा कांग्रेसका नेताहरूकाे छानबिन गर्ने तयारीमा रवी लामिछाने रहेकाे बताइएकाे छ । देउवापुत्रले चार वर्षभित्र करिब १ अर्ब रूपैयाँ बराबरको ७३ रोपनी जग्गा जोडेकाे उक्त समाचारकाे दाबी छ ।

रविको हिट लिस्टमा कान्तिपुरका प्रकाशक कैलाश सिरोहियासमेत छन् । उनको नागरिकताका सम्वन्धमा अहिले अनुसन्धान चलिरहेको छ ।

गत वैशाख २८ गते कांग्रेसले रबीलाई संसदमा बोल्न दिने भने पनि बैठक सुरू भएपछि भने कांग्रेसले रवीलाई बाेल्न दिएन । त्यसपछि निरन्तर कांग्रेसले पहिला रवी लामिछानेविरूद्व संसदीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने बताउँदै आएकाे छ । यता सरकारलाई नीति तथा कार्यक्रमअनुसार बजेट पारित गर्नुपर्ने सकस छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार  ७ : ३६ बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।