Logo

प्रमुख समाचार

कांग्रेसले बोलाएको विपक्षी दलको बैठक को-को छन् सहभागी ?



काठमाडौं । प्रतिनिधिसभाकाे आजकाे लागि बस्ने बैठक बिहान ११ बजे बस्ने भने पनि अझै सुरू हुन सकेकाे छैन् । नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेसमा विपक्षी दलको संयुक्त बैठक बसेर प्रतिपक्षीकाे रणनीति बनाउने काम भएकाे छ । कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका हुन् ।

बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी छन् ।

सत्तापक्ष र प्रतिपक्षकाे प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा उग्रता बढेपछि कांग्रेसले थप सशक्त आवाज उठाउन विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो । सरकारविरुद्ध संयुक्त रणनीति बनाउन कांग्रेसले अन्य दलको पनि साथ लिन खोजेको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।

बैठकले सभामुखलाई हिजाकाे घटनाकाे विषयमा ध्यानाकर्षण गरारउने र कांग्रेसका माग यथास्थितिमा राख्ने जनाएकाे छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार  १२ : ४२ बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।