Logo

प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो। तर, दलहरुबीच कुरा नमिल्दा बैठक बस्न सकेन ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

अहिलेसम्म सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि आजको संसद बैठक स्थगित गरिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै साँझ कांग्रेस नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार  ३ : १० बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।