Logo

कोशी प्रदेश

प्रदेश १ मा ४०१ कोरोना संक्रमित थपिए, ९ को मृत्यु



पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४०१ जना कोरोना संक्रमित थपिएका छन् ।

१ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४०१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।

संक्रमण पुष्टि भएकामध्ये १५९ महिला र २४२ पुरुष रहेका छन् । यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८०२ पुगेको छ ।

प्रदेश १ मा बिहीवार ५९५ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ६९५ पुगेको छ।

यसैगरी प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा २ महिलासहित ४ जनाको मृत्यु भएको छ।

त्यस्तै, झापामा १ महिला, मोरङमा १ पुरुष र प्रदेश बाहिरका ३ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २२० पुगेको छ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार २३:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।