Logo

प्रमुख समाचार

राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले विश्वासको मत दिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । त्यसपछि राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मत दिने बताएका हुन् । गण्डकी प्रदेशसभामा राप्रपाका तर्फबाट दुई सदस्य छन् ।

विश्वासको मत प्राप्त गर्न ३१ सांसदको समर्थन चाहिन्छ । कांग्रेसका २७ प्रदेशसभा सदस्य छन् । राप्रपाका दुईसहित, नेपाल समाजवादी पार्टी (नेसपा)का एक र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई आफ्नो पक्षमा ल्याउने र विश्वासको मत पाउनेमा उनी आशावादी देखिएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १६:१९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।