Logo

प्रमुख समाचार

गृहमन्त्री रवि लामिछानेसँग रेशम चौधरीले मागे न्याय



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले आफू निर्दोष रहेको अवस्थामा पनि कठोर जेल जीवन व्यतित गर्नुपरेको बताएका छन् । उनले दोषीहरु पुरस्कृत भएको र निर्दोषहरुले सजाय पाएको भन्दै आफूलाई अन्याय भएको टिप्पणी गरे ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको स्थापना दिवसमा अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,‘यो देशमा हामीले कहाँ न्याय पाउँछौं रविजी ? अब तपाईं गृहमन्त्री हुनुहुन्छ, न्याय दिनुहोस ।’ उनले जमिन जोत्नेले कहिले जमिन पाउने गृहमन्त्रीज्यू ? भन्दै प्रश्नसमेत गरे ।

उनले गृहमन्त्री रवि लामिछानेसहितको नाम लिएर अब युवाहरुले देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई पनि राज्यले तर्साउने काम गरेको आरोप लगाए ।

उनले संघमा २७५ जना सांसद नचाहिने भन्दै जम्मा १०० जना सांसद बनाउनुपर्ने प्रस्ताव गरे । उनले थारुहरुलाई नहेप्न चेतावनी दिए । थारुलाई हेपिए देश नै समाप्त हुने उनको भनाई छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १४:३७   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।