Logo

प्रमुख समाचार

सभामुख र राष्ट्रियसभा अध्यक्षले किन राखे बैठक ?



काठमाडौं । संसद सचिवालयका कर्मचारीको आन्दोलन लगायतको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राखेको बैठक सुरू भएको छ । राज्यव्यवस्था समितिको हलमा अहिले बैठक जारी छ ।

बैठकमा दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसदका महासचिव र सचिवालय सचिवलगायत सहभागी छन् ।

संघीय संसद सचिवालय कर्मचारी युनियनकातर्फबाट अतिरिक्त समयमा गरेको कामको भत्ता पाउनुपर्ने लगायतको ११ बुँदे माग राखेर कर्मचारीहरू आन्दोलनमा छन्। त्यसको निकास दिनको लागि सभामुख र अध्यक्षले बैठक राखेका हुन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार १४:१८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।