Logo

प्रमुख समाचार

सत्ता गठबन्धनमा गम्भीर संकट आएपछि विष्णु पौडेललाई प्रचण्डले बोलाए !



काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको सत्ता–सहकार्यमा संकट देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सक्रियता बढाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लगातार भेटवार्ता गरेको कुरा बाहिर आएपछि प्रधानमन्त्री दाहाल दबाबमा देखिएका छन् ।

विभिन्न सञ्चारमाध्यममा कांग्रेस–एमालेबीच सहकार्य हुन लागेको र अब बन्ने सरकारको नेतृत्व ओलीले नै गर्ने भनेर समाचार आएका छन् । यही सन्दर्भमा प्रधानमन्त्री दाहालले ओलीसँग हिजो र आज गरेर लगातार घण्टौं लामो छलफल गरेका छन् । आजै साँझ बस्नेगरि प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक डाकेका छन् । त्योभन्दा अघि मन्त्रिपरिषद् बैठक छ ।

सत्ता गठबन्धनमा संकट देखिएपछि प्रधानमन्त्री दाहालले एमाले उपाध्यक्ष विष्णु पौडेलको खोजी गरेका छन् । पौडेल यतिवेला संसदीय समितिका टोलीमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको स्थगलगत भ्रमणमा छन् । प्रधानमन्त्री दाहालले पौडेललाई काठमाडौं आजै आउन भनेर फोन गरेको स्रोतको दाबी छ । उनीपनि आजै काठमाडौं आईपुग्ने बताईएको छ ।

यो पनी पढ्नुहोस् ।

सत्ता गठबन्धनको आजको बैठक बहिष्कार गर्ने एमालेको तयारी, ओलीले राउत र ठाकुरसँग छलफल गर्दै

देउवा-ओलीबीच भएको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन : दीपक गिरी

नयाँ समीकरणका लागि गृहकार्य तीव्र, ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव

प्रचण्डसँगको निर्णायक वार्ता सकेर बालुवाटारबाट बाहिरिए ओली, देउवासँग आजै अर्को छलफल हुँदै

प्रचण्डसँग ओलीले भने: देउवाजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभयो, राष्ट्रिय सहमतिको सरकार बनाऔँ

प्रचण्ड र ओलीबीच फेरि वार्ता, देउवाले पदाधिकारी बैठक डाकेपछि छटपटी

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १४:४६   :  बजे

459
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।