काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ढल्ने भनेर पार्टीभित्रका प्रभावशाली नेताहरुसँग ब्रिफिङ गरेका छन् । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता–सहकार्यबारे निर्णायक सहमति भएको भनिएको बेलामा प्रधानमन्त्री दाहालले पनि त्यसलाई बल पुग्नेगरि पार्टीभित्रका आफ्नो विश्वासिला पात्रहरुसँग ब्रिफिङ गरेको पाईएको छ ।
प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले पार्टीका उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुनसँग पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको र उक्त ब्रिफिङमा सरकार ढल्ने कुरा गरेका थिए । प्रधानमन्त्री दाहालले उपमहासचिवद्धयसँग गरेको ब्रिफिङ गरेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘राजनीतिक परिस्थिति अलिक फेरिएको छ, कांग्रेस र एमाले मिलेर सरकार चलाउने सहमति भएको छ । हामी बाहिरिनुपर्ने भयो ।’
प्रधानमन्त्री दाहालले आफूहरु सरकार बाहिर हुँदापनि घाटा नहुने र सरकारको नेतृत्व गरुञ्जेल राम्रै काम गरेकोले आगामी निर्वाचनमा माओवादीलाई फाईदा हुने पनि विश्वास दिलाएका थिए । आजै प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गठबन्धनको बैठक बहिष्कार गर्ने चर्चा चलेको छ ।
पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएर नयाँ समिकरण बन्न लागेको हो । देउवा र ओलीबीच निर्णायक सहमति भएको हो भने एमालेले आजै सरकार छोड्नेसम्मको चर्चा छ । तर, एमालेका केही नेताहरुले भने वर्तमान सत्ता गठबन्धन नभत्किने दाबी गरिरहेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले पनि सरकार तलमाथि नहुने र यही गठबन्धन कायम रहने दाबी गरेको छ ।
प्रचण्ड सरकारमा अर्थमन्त्रीको भूमिका रहेका वर्षमानले यो बीचमा एमाले अध्यक्ष ओलीसँग भेटेरै गठबन्धन कायम गर्ने विषयमा छलफल चलाएका थिए । जवाफमा ओलीले आफू कांग्रेससँगको सहकार्यको लागि धेरै नै अघि बढिसकेकोले अब ब्याक हुने ठाउँ नभएको जवाफ दिएको स्रोतको दाबी छ । पूनले पनि आफूनिकट नेताहरुसँग एमाले–कांग्रेस सहकार्य लगभग निश्चित् बनेकोले अब माओवादी सरकारबाट बाहिरिने परिस्थिति बनेको भनेर ब्रिफिङ गरेका छन् ।
यो पनी पढ्नुहोस् ।
सत्ता गठबन्धनमा गम्भीर संकट आएपछि विष्णु पौडेललाई प्रचण्डले बोलाए !
सत्ता गठबन्धनको आजको बैठक बहिष्कार गर्ने एमालेको तयारी, ओलीले राउत र ठाकुरसँग छलफल गर्दै
देउवा-ओलीबीच भएको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन : दीपक गिरी
नयाँ समीकरणका लागि गृहकार्य तीव्र, ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव
प्रचण्डसँगको निर्णायक वार्ता सकेर बालुवाटारबाट बाहिरिए ओली, देउवासँग आजै अर्को छलफल हुँदै
प्रचण्डसँग ओलीले भने: देउवाजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभयो, राष्ट्रिय सहमतिको सरकार बनाऔँ
प्रचण्ड र ओलीबीच फेरि वार्ता, देउवाले पदाधिकारी बैठक डाकेपछि छटपटी




















प्रतिक्रिया