Logo

अर्थ

सानिमा जिआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता



काठमाडाैं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासको प्रक्रिया अघि बढाएको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत (१.०.२५ अनुपात) बराबर ५० करोड रुपैयाँको ५० लाख कित्ता हकप्रद हकप्रद निष्कासनको तयारी गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज एक समारोहबीच कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद निष्काशनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसीको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १६:१७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।