काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी टेलि डाईरेक्ट प्रा.लि. को नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । सो सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया