Logo

अर्थ

नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरूलाई नेपालगन्ज र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरूलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरूले विशेष चनाखो भई आफ्नो र आफ्नो मातहतको अभिकर्ताहरूको लक्ष्य प्राप्तिमा विशेष जोड दिनुपर्ने बताए ।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरूलाई खत्रीले नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे । खत्रीले नेपालको बिमा बजारमा बीमितहरुलाई सबै भन्दा बढी बोनस प्रदान गर्दै आएको कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएको बताए ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगंजमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए ।

नेपालगंज र महेन्द्रनगरमा सम्पन्न छुट्टाछुट्टै कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृतसहित प्रवन्धक विवेक शर्मा, विभागीय प्रमुख सुष्मिता राणा लगायत नेपालगंजमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दिप नारायण खनाल तथा लुम्विनी र कर्णाली प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो भने महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख उमाकान्त जोशी लगायत उक्त प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १४:००   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।