Logo

अर्थ

मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड



काठमाडौं । मेटलाइफ नेपालको सर्वश्रेष्ठ वान बाइ मेटलाइफ एपद्वारा हिजो सिंगापुरमा आयोजित नवौं इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ ।

मेटलाइफको उक्त एपले डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर–नेपाल विधामा अवार्ड पाएको हो ।

कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका सदस्यहरू उपस्थित थिए ।

इन्स्योरेन्स एसिया अवार्डले नवीन उत्पादन, सेवा र समाधानहरूमार्फत आफ्ना ग्राहकमा प्रभाव पार्ने बीमा कम्पनीलाई सम्मानित गर्दै आएको छ ।

यस वर्षको जूरी सदस्यहरूको प्यानलमा एसिया प्यासिफिक क्षेत्रका विभिन्न कम्पनीहरूका उद्योग विशेषज्ञहरू समावेश थिए ।

मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मलकाजी श्रेष्ठले “वान बाइ मेटलाइफले प्रयोगकर्ताहरूलाई स्वस्थ जीवनयापन गर्न मद्दत गरेर, र उनीहरूलाई आवश्यक परेको बेला स्वास्थ्य सेवा र स्रोतहरूमा पहुँच प्रदान गरेर विश्वास र संलग्नता जितेको छ । एपले प्रयोगकर्ताहरूलाई आफ्नो बीमा कभरेज अनलाइन व्यवस्थापन गर्न सजिलो र सुविधाजनक बनाउँछ । यस सम्मानले हाम्रा ग्राहकहरूको भविष्य सुरक्षित गर्नका लागि राम्रो समाधानहरू प्रदान गर्ने हाम्रो अभियानलाई अझ उत्प्रेरित गरेको बताए ।

मेटलाइफ नेपालको बारेमास्मेटलाइफ आइ एन सि को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १२:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।