काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् ।
एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेलको नाम टुंगो लागेको छ भने सरकारको प्रवक्ताको जिम्मेवारीसहित सञ्चारमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई बनाउने तयारी भएको छ ।
स्रोतका अनुसार रक्षामा मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमा विद्या भट्टराई, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासनमा राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा बलराम अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देवेन्द्र दाहाललाई लैजान लागिएको छ ।
नेकपा (एमाले)का अध्यक्ष समेत रहेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आजै केही मन्त्रीले पनि शपथग्रहण गर्नेछन् ।





















प्रतिक्रिया