Logo

अर्थ

आईएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपी ट्रिपल बि प्लस रेटिङ



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिड्ड प्राप्त गरेको छ ।

रेटिड्ड एजेन्सी केयर नेपालकाअनुसार उक्त रेटिड्डले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ गरिएको थियो ।

आ.व. २०८०/०८१ को अवधिमा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिड्ड परिमार्जन भएको हो । कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ ।

रेटिड्ड एजेन्सीले आ.व. २०८०/८१ मा हकप्रद तथा सार्वजनिक सेयर जारी गरे पश्चातको कम्पनीको शुद्ध मुल्य को वृद्धिलाई पनि मूल्याड्ढन गरेको छ, जसले गर्दा आ.व. २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थता मा सुधार भएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ ।

यस कम्पनीका प्रतिष्ठित संस्थापक सेयरधनीहरु, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूह, कम्पनीको सम्पत्तिको गुणस्तर, पर्याप्त पुनर्बीमाको व्यवस्था तथा फैलिदो शाखा सञ्जाल मार्फत बढ्दो भौगोलिक पहुँच र पछिल्लो २ आर्थिक वर्ष देखि नै मध्यम स्तरको सुरक्षित कम्पनी भएकै कारण रेटिड्ड एजेन्सीले परिमार्जित रेटिड्ड प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी प्रतिबद्ध रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १३:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।