Logo

अर्थ

सीजी नेटको अत्याधुनिक प्रविधिमा आधारित सेवा सञ्चालनमा, निःशुल्क अपग्रेडको सुविधा



काठमाडाैं । इन्टरनेट सेवा प्रदायक सीजी नेटले उच्च गतिको अत्याधुनिक वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सुरू गरेको छ ।

यो उपकरणले विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा भन्दा बढी उच्च गतिका साथ एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट चलाउने चाहनालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

सुलभ मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रदान गरिरहेको सीजी नेटले हाललाई यो प्रविधि काठमाडौँ उपत्यका बाहिरका आफ्नो सेवा विस्तार भएका स्थानहरूमा उपलब्ध गराएको छ ।

आफ्ना विद्यमान ३५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमबीपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा यही साउन ११ गतेसम्मको लागि निःशुल्क वाईफाई सिक्स प्रविधि उपलब्ध हुनेछ ।

बाँकी ग्राहकहरूको लागि ६६६ एमबीपीएस इन्टरनेटको वार्षिक १९ हजार ४४९ र ६६७ एमबीपीएस इन्टरनेट र आईपी टिभीको २३ हजार ७०१ तिरेर जडान गर्न सक्ने जनाएको छ । आफ्ना आधुनिक इन्टरनेट प्रयोगकर्ताको उच्च मागलाई सम्बोधन गर्न यो सेवा सुरुवात गरेको कम्पनीको भनाई छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १३:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।