Logo

मनोरञ्जन

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर



काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)को ब्राण्ड एम्बेसडरमा अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् ।

एमडब्लूसीले बुधबारदेखि लागु हुने गरी अभिनेता नाजिरलाई एक वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।

उनले कम्पनीका उत्पादनहरूको प्रचार गर्न सहयोग गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् ।

कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताए । ‘इयरबड सबै भन्दा बढी प्रयोग गर्ने मध्ये म पनि एक हुँ, प्राय मेरो साथमा इयरबड भइराख्छ,’ उनले भने,‘एमडब्लूसीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुशी छु ।’

कम्पनीले आफ्नो दुईवटा प्रडक्ट पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार ११:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।