काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले ‘द एआई पोर्ट्रेट मास्टर’ ट्यागलाइनसहित अनर २०० सेरिज नेपाली बजारमा ल्याएकाे छ ।
अनरले यो स्मार्टफोन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी १७ जुलाईदेखि प्रि-बुकिङ खुला गरेको थियो ।
प्रि-बुकिङमा कम्पनीले अनर च्वाइस वाच, च्वाइस इयरबर्ड एक्स ५ लगायतका रोचक उपहार र अफरहरू समेत उपलब्ध हुने घोषणा गरेको थियो । कम्पनीले प्रि-बुकिङ समय सकिए पनि फोन खरिद गर्ने ग्राहकलाई ती उपहारहरू उपलब्ध गराउने जनाएको छ ।
साथै ग्राहकले अब अनर २०० खरिदमा पनि उक्त उपहार प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यो अफर ३१ जुलाईसम्म मात्र हुनेछ । अनर २०० को सिरिजमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५२०० एमएएचको सिलिकन ब्याट्री, १०० वाटको चार्जिङ जेन ३ को प्रोफेसरलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।
सुपर डायनामिक एच९००० सेन्सर र फोर इन वान पिक्सेल बिनिङ टेक्नोलोजीको साथ कम प्रकाशमा पनि उत्कृष्ट तस्वीर खिच्ने फिचर रहेको कम्पनीले जनाएको छ ।
मूल्य कति ?
अनर २०० प्रो ओसन सायन र ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध हुनेछ भने अनर २०० मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ ।
सेलट्रोन नेपालले अनर २०० १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकेको छ भने १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकेको छ ।
अनर २०० प्रि-बुकिङ गर्ने ग्राहकले १३ हजार ९९९ रुपैयाँ पर्ने अनर च्वाइस वाच १ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने स्क्रिन ब्रेकेज बीमाको लाभ पनि उठाउन सक्नेछन् ।
अनर २०० प्रो १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने प्रि-बुकिङ अवधिभित्र खरिद गर्ने ग्राहकले १३ हजार ९९९ रुपैयाँको अनर च्वाइस वाच, ५ हजार ४९९ मूल्यको अनर च्वाइस इयरबड एक्स५ सहित स्क्रिन ब्रेकेज बीमा र भीआईपी कार्ड पनि प्राप्त गर्नेछन् ।
ग्राहकहरूले अनरको अधिकारिक स्टोरहरूबाट अनर २०० सेरिज अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट अर्डर गर्न सक्नेछन् । ग्राहकले दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्मबाट अनर २०० सेरिज खरिद गर्न सक्नेछन् ।





















प्रतिक्रिया