काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले साउन ३१ गते बिहीबार विशेष साधारणसभा गर्ने भएको छ ।
कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरा न्युरोड–८ स्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा बस्ने निर्णय गरेको हो ।
आईपीओ जारी पश्चात् प्राप्त पूँजीको उपयोग गर्ने बारे र आईपीओ निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत सभाले पारित गर्नेछ ।




















प्रतिक्रिया