काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
नेशनल लाइफ इन्स्योरेन्सले भदौ ७ गते, आफ्नो केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौँमा ३६औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १०.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सूर्योदय वोमी लघुवित्तले साउन ३२ गते महालक्ष्मी नगरपालिका वडा नं. ८, लुभुस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बाह्रौँ वार्षिक साधारणसभा बाेलाएको छ । सो सभा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
सभाले एफपीओ निष्काशनपश्चात कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यी दुई कम्पनीले भोलि अर्थात साउन २४ गते बुकक्लोज गर्दैछन् ।




















प्रतिक्रिया