Logo

अन्तर्राष्ट्रिय

मंकीपक्स फैलिएपछि डब्ल्युएचओले गर्‍यो विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा



काठमाडाैं । अफ्रिकी मुलुकहरूमा मंकीपक्सको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वव्यापी रूपमा स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।

अफ्रिकी मुलुक कंगो र आसपासका मुलुकहरूमा मंकीपक्स फैलिएपछि डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेका हुन् ।

बुधबार उनले संयुक्त राष्ट्रसंघको हेल्थ एजेन्सीको इमर्जेन्सी कमिटीसँगको बैठक बसेर उक्त घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

डब्ल्युएचओले एमपक्सको संक्रमण १३ वटा अफ्रिकी मुलुकमा देखिएको बताएको छ । बुरून्डी, केन्या, रूवान्डा, युगान्डा लगायत देशमा यसका नयाँ भेरियन्टको संक्रमण देखिन थालेको हो ।

अफ्रिकामा यस वर्षमात्रै १४ हजारभन्‍दा बढीमा संक्रमण देखिएको र ५२४ जनाले ज्यान गुमाइसकेको एपीले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १३:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।