काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ ।
नेपाल टेलिकमले आज सूचना जारी गर्दै ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्ने जानकारी दिएको हो ।
आज साउन ३२ गते राति ११ बजेदेखि करिब ४ घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ ।
सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।





















प्रतिक्रिया