Logo

अर्थ

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति बन्द हुने



काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ ।

नेपाल टेलिकमले आज सूचना जारी  गर्दै ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्ने जानकारी दिएको हो ।

आज साउन ३२ गते राति ११ बजेदेखि करिब ४ घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ ।

सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार १०:५०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।