Logo

अर्थ

चालु आर्थिक वर्षको पहिलो महिनामा बजेट खर्चभन्दा राजस्व दोब्बर सङ्कलन



काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख राजस्व संकलन भएको हो ।

चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको २।१६ प्रतिशत र आम्दानी ६.५९ प्रतिशत रहेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य लिएको छ । कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ उठाउने लक्ष्य छ ।

चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार ०८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।