Logo

अर्थ

चाडपर्वलाई लक्षित गर्दै माछापुच्छ्रे बैंकले ल्यायो कर्जामा छूट योजना



काठमाडौं । माछापुच्छ्रे बैंकले आउँदै गरेको चाडपर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छूट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५% प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।

साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छूट समेत प्राप्त गर्नसक्ने छन् । त्यस्तै कम्पनीले १ करोड रुपैयाँसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा एक प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ ।

यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत पाइने छ । कम्पनीले उल्लेखित छूट योजना भदौ ३१ ग्तेसम्म लागू हुने पनि बताएको छ ।

कम्पनीले देशका सात वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार १४:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।