काठमाडौं । कांग्रेस–एमाले मिलेर सत्ता कब्जा संचालन गरेपछि माओवादीलाई जवर्जस्त किक हानेको छ । देशका तीन ठूला दल एमाले, कांग्रेस र माओवादी सत्ता हत्याउने होडबाजीमा अन्य साना दललाई गन्दै नगनी अण्टसण्ट बोलेर समय खेर फाल्दै छ ।
सडक र सदन दुबै यी ठूला दलकै अण्डरमा छ । जनताले दिएको अभिमत यी दलहरुले बेवास्ता गरी विदेशी प्रभुको इशारामा नेपाल चलाउदै छन् । मतदाता जनता पाँच वर्षमा पाएको मौका फेरी आउन सवा तीन वर्ष अझै कुर्नु पर्ने हुन्छ ।
यो बीचमा आलोपालो भागवण्डा लगाएर सरकार संचालन हुने सबैले देखे र बुझेकै हो । सत्ता र प्रमुख विपक्षी मिलेर सरकार हाँकेको ज्वलन्त उदाहरण नेपाल नै रहेको छ । कांग्रेस र कम्युनिष्टको अदतीय मिलन नमूना भए पनि जनता जस्ताको त्यस्तै समस्या ग्रसित छन् ।
आम जनता आफ्नो देशको उन्नति र प्रगति खोजेको बेला जनतालाई करको बोझ तल थिचेर सरकार चलाउने चालबाजहरु नेपालमा भरपर्दो भ्रष्टाचार चलाएको आरोप खेप्दै छन् । संसद, सडक र ब्यूरोक्रेसी तीन वटै ठाउँमा नियन्त्रण जमाएका सरकारले जनतालाई हेर्नुको सट्टा आफ्नो सात पुस्ते राजनीति सुनिश्चित गर्न तल्लीन छन् ।
सत्ता हुँदा यौटा व्यवहार बाहिर पुगेपछि चर्को विरोध र अनावश्यक नाटक मञ्चन गरेर जनतालाई गुमराह गर्ने खेल संचालन गरिरहँदा जनता वाक्क महसूस गरेका छन् । सडकमा सत्ताधारीहरु कै चेलाचाटीले नानाथरि माग राखी प्रदर्शन गर्छन् भने संसदमा सत्तापक्ष कसैको कुरा सुन्न चाहेको छैन । यस अघि सत्तामा रहेका माओवादीले पनि यस्तै व्यवहार गर्ने गरेको थियो ।
अहिले सत्ताच्यूत भएपछि माओवादीले अनेक नाटक गरे पनि आम जनता तीन ठूला दलको नौटंकीमा ध्यान दिएको छैन । वर्षात्को मौसम छ पहाड र तराई सबै तिर बाढी, पहिरो र डुबानले जनता अक्रान्त बनेका छन् ।
झन बाढी पहिलोले ठाउँ ठाउँमा सडक भत्किनु र पहिरो खस्दा सार्वजनिक सेवा अवरुद्ध हुनु स्वभाविक छ । झन कतिपय ठाउँमा बसहरु दुर्घटनामा परे पछि मानिसहरु आकाल मुत्यु वरण गरेका छन् । तर, सरकार बाटो घाटो बन्ने र सुधार गर्ने तर्फे ध्यान नदिएको बटुवा र यातायात व्यवसायीहरुले आरोप लगाएका छन् ।
एउटै कम्युनिष्ट पार्टी बनाएर शासन गरेका एमाले– माओवादी आज अलग हुँदा एकले अर्कालाई हिलो छ्याप्ने काम गर्ने र तल्लो स्तरको गाली गलौजमा ओर्लेको देख्दा नेता र कार्यकर्ताहरुको स्तर खुलेको छ ।
प्रधानमन्त्रीको आशनमा बस्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सात बुँदे कांग्रेससँगको सहमति अनुसार दुई वर्षमा दोश्रो महिनासम्म मात्र पूरा गर्दा बाँकी अवधि शासन तोकेरै गर्ने आफ्नो सत्ताको म्याद तोकेर हिडेका छन् ।
मानिसको जीवन मुत्युको ठेगान र ग्यारेण्टी नहुने अवस्था ओलीले आफ्नो शासनको आयु तोक्दै प्रचारमाथि आक्रमक भएका छन् भने प्रचण्ड देउवाप्रति नरम र ओलीको व्यवहारमाथि कडा राजनीतिक क्षेप्यास्त्र सहितको आक्रमण थालेका छन् ।
ओली प्रचण्ड जुहारी प्रति आम जनताको चासो बिलकुलै छैन । गठबन्धन सरकार आफ्नो स्वार्थ पूरा गर्न तल्लीन छन् । पटक–पटक सत्ता आफ्नो हातमा लिएका दलहरुले देशलाई माथि उठ्न नदिएको जनगुनासो छ ।
राष्ट्रपति पर्नुमा मुख्य दोषी प्रमुख तीन दल र तिनका नताहरु छन् । राजनीति उथल पुथलले राष्ट्र पछाडी धकेलिएको छ । गणतन्त्र र संघीयता प्रति जनतामा वितृष्णा जागेको छ । कर हरेक क्षेत्रमा लगाइएको छ । तर, राहत नदिँदा आम जनता दुःख झेल्दै आएका छन् । ठूला तीन दलले साना दलहरुलाई दोष थुुपारेर उम्किन मिल्दैन । कुर्सी हत्याउने खेलले दलहरु भित्र चर्को आन्तरिक कलह बढ्दै छ ।
वर्षा, बाढी, पहिरो र दुर्घटना पीडितहरु राहतका लागि छटपटाउँदै छन् । नेताहरु संसदमा दोहरी गीत प्रस्तुत गरेझै हिलो छ्याप्न व्यस्त छन् । देशैको मुखमा चामल, दाल, पीठो, तरकारी र सुकेको प्याज मात्र हैन भान्सामा प्रयोग हुने अन्य सरसामान र खाद्यान्नका मूल्य बढाइएको छ ।
चिनीमा आत्मनिर्भर देश भारत र तेश्रो मुलुकबाट चिनी आयात गरी ११०/– प्रति केजीमा बिक्री गरेर लूट मचाएको अपर्ण साप्ताहिकमा खबर छ । चौतर्फी भ्रष्टाचारले जडो गडेको छ । जनता संसदमा झैं झगडा गर्न र लड्न जनप्रतिनिधि पठाएको छैन ।
विकास निर्माणको आशा बोकेर जनसमस्या निराकरण गर्न आश लगाएर बसेको बेला नेताहरु देशको मनपरी दोहन गरी रहेको पीडित जनताको गुनासो कसले सुन्ने ? परिवर्तनको अनुभूति जनताले पाएन भने विद्रोह निश्चित छ ।















प्रतिक्रिया