Logo

प्रमुख समाचार

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो



सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ ।

बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रुपमा डुबाएको प्रहरीले बताएको छ ।

साथै सुनकोसी नदी लगायत सिन्धुली जिल्लाको विभिन्न खोला र नदी हरुमा आएको बाढीले सिन्धुलीका विभिन्न स्थानहरु डुबानमा रहेकोले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार  ७ : ०६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।