काठमाडाैं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्स र आइएमई लाइफ इन्सोरेन्स गरी आइएमई ग्रुपसँग सम्बद्ध विभिन्न कम्पनीहरुको तर्फबाट ५ करोड रुपैयाँ सहयोग गरेका छन् ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सहयोग स्वरूप उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कोषमा ग्लोबल आईएमई बैंकले ४ करोड ५० लाख, आईएमई लिमिटेडले २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सले १५ लाख र आईएमई लाइफले १५ लाख गरी कुल ५ करोड रुपैयाँ सहयोग गरेको ग्रुपले जनाएको छ ।
देशभरि बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।
चेक हस्तान्तरण कार्यक्रममा आईएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आईएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य पनि सहभागी थिए ।





















प्रतिक्रिया