Logo

अर्थ

सेयर बजार २६९० अंकमा, ७ अर्ब ९ करोडकाे काराेबार



काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।  आज परिसूचक नेप्से ३७.१३ अंक बढेर २६९० अंकमा कायम भएको छ ।

आज ७ अर्ब ९ करोडको सेयर काराेबार भएकाे छ । आज १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घटेकाे छ भने २ को स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सको २६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १५:२०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।