काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज परिसूचक नेप्से ३७.१३ अंक बढेर २६९० अंकमा कायम भएको छ ।
आज ७ अर्ब ९ करोडको सेयर काराेबार भएकाे छ । आज १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घटेकाे छ भने २ को स्थिर रहेकाे छ ।
आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सको २६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया