काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण सेयरको प्रति सेयर अङ्कित मूल्य सयका दरले खरिद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. तथा आरबिबि म्युचुअल फन्ड १ लाई नियुक्त गरेको छ ।
एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि.का तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादबले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा सेयर रजिष्ट्रार सम्वन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि. गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको न्यूरोड, पोखरामा मुख्य कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ बमोजिम मिति २०८०/०५/०१ गते इजाजत प्राप्त गरि मिति २०८०/०६/१९ गतेदेखि लघु जीवन बीमा सम्बन्धी सेवा त्रिपुरेश्वर, काठमाडौंस्थित ब्लुबर्ड मलमा रहेको प्रादेशिक कार्यालयसहित आफ्ना देश भरि छरिएका ४ शाखा तथा ६ उप–शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ ।




















प्रतिक्रिया