Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म ब्याज छुट



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ ।

कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमा शुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।

कम्पनीले व्यतित भएका बीमालेखहरु २०८१ असोज २१ गतेदेखि असोज ३० गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा २ वर्षभित्र व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत २ देखि ३ वर्ष अवधिसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्ष भन्दा बढी व्यतित बीमालेखहरुमा २५ प्रतिशत विलम्ब शुल्क (ब्याज) मा छुट गर्ने जनाएको छ ।

यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पन गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्कको छुटको सम्पुर्ण रकम कट्टा गरिनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १५:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।