Logo

अर्थ

सानिमा रिलायन्स लाइफको १८ प्रतिशत बोनस सेयर पारित



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  आज काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको हाे ।

सभाले शेयरधनीहरूलाई १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०७९/८० वार्षिक प्रतिवेदन, साबिक रिलायन्स र सानिमा लाइफको सोही आवको लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पनि पारित भएको छ ।

त्यस्तै लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने लगायतका प्रस्तावहरू पनि सभाबाट पारित भएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १३:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।