Logo

अर्थ

तीन इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज गरेको छ । तोकिएको शर्तको पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने कारणले ती कम्पनीहरूलाई कारबाही गरिएको हो ।

प्राधिकरणले रेग्मी मिडिया इंक, सीडाटा कम्युनिकेस र लाइफ नेटको इन्टरनेट सेवा प्रदान गर्ने अनुमतिपत्र रद्द गरेको जानकारी दिएको छ ।

सीडाटा कम्युनिकेस र लाइफ नेटको लाइसेन्स सोमवार खारेज गरिएको थियो भने मंगलबार रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको हो । रेग्मी मिडिया इंकले २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालनको अनुमति पाएको थियो ।

नेपाल दूरसञ्चार ऐन २०५३ अनुसार, यी कम्पनीहरूलाई दफा २५ (९५०) बमोजिम कारबाही गरिएको प्राधिकरणले जनाएको छ। तिर्नुपर्ने बाँकी रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने बताइएको छ । अन्यथा थप कानूनी कारबाही हुने प्राधिकरणको चेतावनी छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १६:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।