काठमाडाैं । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ७२औँ स्थापना दिवस मनाउने भएको छ ।
दलले ७२औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते वृक्षारोपण कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले वृक्षारोपण कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिए । दलले स्थापना दिवस भव्यताका साथ मनाउन काठमाडौँ उपत्यकामा रहेका सम्पूर्ण केन्द्रीय सदस्यहरु लगायत दलका विभिन्न तहमा रहेका तरुण साथीहरूलाई आ-आफ्नो स्थानबाट योगदान पुऱ्याउन निर्देशानुसार सुचना गरिएको छ ।




















प्रतिक्रिया