Logo

प्रमुख समाचार

राष्ट्रपतिलाई भेट्न प्रचण्डसहित विपक्षी दलका नेता शीतल निवासमा



काठमाडौं । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित विपक्षी दलका नेताहरू पुगेका छन् ।

सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदैछन् ।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १६:५२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।