Logo

अर्थ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकार उद्धार कोषमा ५१ लाख सहयोग



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तर दायित्व अन्तर्गत कम्पनीले सो रकम सरकारी कोषमा जम्मा गरेको जानकारी दिएको छ ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण राजधानी काठमाडौँसहित मध्य तथा पूर्वी नेपालमा गएको भीषण बाढी पहिरोमा ठुलो धनजनको क्षति भएकोमा राहत तथा पुनर्निर्माणमा सहयोग गर्न कम्पनीले सहयोग गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १०:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।