Logo

प्रमुख समाचार

एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने दावी गरेका छन्। शनिवार काठमाडौँमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो दावी गरेका हुन्।

उनले अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस मिलेर बनाएको उल्लेख गर्दै कांग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताए। प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको चर्चा गरे।

उनले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको दाबी गरे। उनले राजनीतिक दल नहुँदासम्म जनता नेशन भइसकेको नहुने बताए। ओलीले भने‚ ‘अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस नेपालको राजनीतिक, सामाजिक परिवर्तनका कुरामा सदैव अग्रणी हुन् र यिनले असाधारण योगदान पनि गरेका छन्।

यिनको प्रतिबद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन्। डेमोक्रेसी, देश, जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था हो। मानवले सामाजिक सुप्रबन्धका लागि विकास गरेका दुईवटा कुरा हुन् । सामाजिक सुप्रबन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो ।

त्यसले मात्रै पनि चलेन अनि त्यहाँ विकास भए पोलिटिकल पार्टी।’ प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशतभन्दा तल झर्न नदिने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार २२:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।