काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि सडक आन्दोलन गर्ने भएको छ ।
आज माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने भएको पार्टी कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन गर्ने उनले बताए ।
सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले निरन्तर सडक आन्दोलन गर्दै आएको छ ।




















प्रतिक्रिया