Logo

समाचार

टिकटकले मनायो उज्यालोको पर्व तिहार



काठमाडाैं । टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमले लोकप्रिय नेपाली टिकटक क्रियटर र कलाकारहरूलाई मौलिक परम्परा झल्काउने प्रेरणादायी कन्टेन्ट सिर्जना गर्न एकसाथ ल्याएको थियो ।

कार्यक्रममा वाङ्देन शेर्पा, रोनिश्मा श्रेष्ठ, रेहान श्रेष्ठ, सुष्मा कार्की, अनिश तामाङ, इभा गिरी, मोहन अधिकारी, मञ्जिता मानन्धर, प्रजिना, अञ्जना अर्याल र अन्य धेरै लोकप्रिय टिकटक क्रियटर र कलाकारहरूको उपस्थिति रहेको थियो । यस रमाइलो साँझमा क्रियटरहरूले #Tihar2024 र #TiharAayo ह्यासट्यागहरू सँगै तिहार मनाएका थिए ।

टिकटकले तिहार उत्सवका क्रममा क्रियटरहरूका लगि आकर्षक गतिविधिहरू प्रदान गरेको थियो । अतिथि क्रियटरहरूले परम्परागत रितिथिति र चाडपर्वका पहिरनहरू पहिरिएर तिहारसँग सम्बन्धित रमाईला कन्टेन्टहरू पनि प्रदर्शन गरेका थिए ।

टिकटककाअनुसार, उत्सव मनाउने क्रममा दियो बाल्ने, परम्परागत देउसी भैलो नृत्यहरू प्रस्तुत गर्ने, वातावरणमैत्री रंग र फूलहरूको संयोजन गरी रंगोली डिजाइन गर्ने, स्ट्यान्ड-अप कमेडीको मजा लिने र पोटरीमा भाग लिने जस्ता रमाइला गतिविधिहरू समावेश थिए। एउटा नेपाली ब्यान्डको लाइभ प्रस्तुतिले उत्सवमा थप प्रामाणिकता थपेको थियो ।

टिकटक आफ्ना प्रयोगकर्ताहरू बीच समुदाय र अपनत्वको भावना सिर्जना गर्ने लक्ष्य राख्ने जनाएको छ। तिहार अभियानले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई विभिन्न संस्कृति र परम्पराहरूसँग जोड्न र सँगै उत्सव मनाउने प्लेटफर्म प्रदान गर्छ । यस कार्यक्रमको आयोजना गरेर टिकटकले खोज, सिर्जनात्मकता र अपनत्वको भावनालाई प्रेरित गर्ने अग्रणी ग्लोबल प्लेटफर्मको रूपमा आफ्नो स्थानलाई बलियो बनाउने लक्ष्य राखेको उल्लेख छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १०:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।