Logo

अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ लाख २० हजार २१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयरधनी नन्द किशोर शर्माको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (कात्तिक २१ गते) बाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १४:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।