Logo

सूचना र प्रबिधि

सामसुङ ग्यालेक्सी एम २१ एस सार्वजनिक



दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फोन ग्यालेक्सी एम ट्वान्टी वान सार्वजनिक गरेको छ । शक्तिशाली ब्याट्री तथा क्यामेराका साथ कम्पनीले एम सिरिजमा पछिल्लो समयमा नयाँ फोन सार्वजनिक गरेको हो ।

अहिलेलाई ब्राजिलमा सार्वजनिक गरिएको यो फोन यसअघि सार्वजनिक भएको एफ ४१ को रिब्रान्डेड भर्सन रहेको । ६ हजार एमएएच क्षमताको ब्याट्री राखिएको यो फोनमा १५ वाटको फास्ट चार्जरको सपोर्ट समेत रहेको छ ।

ब्राजिलमा यो फोनका लागि १५२९ बीआरएल अर्थात करिब नेपाली ३३ हजार रुपैयाँ मूल्य राखिएको छ । यो फोनमा ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टरनल  स्टोरेज रहेको छ ।

यसघि ग्यालेक्सी एफ ४१ भने ६ जीबी र्‍यामको साथमा ६४ जीबी तथा १२८ जीबी भेरियन्टमा सार्वजनिक गरिएको थियो । ग्यालेक्सी एम ट्वान्टी वान एस फोन एन्ड्रोइड टेनमा छ ।

कनेक्टिभिटीका लागि फोनमा वाईफाई, जीपीएस, यूएसबी टाइपसी पोर्ट र ३.५ एमएम हेडफोन ज्याक रहेको छ । फोनमा ६.४ इन्चको फुल एचडी प्लस (१०८० बाई २३४० पिक्सेल) को सुपर एमोलेड डिस्प्ले समेत रहेको छ ।

यो फोनमा राखिएको क्यामेरा समेत आकर्षक रहेको र तीन वटा क्यामेरा राखिएको एम ट्वान्टी वान एसमा प्राइमरी क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ, भने सेल्फीका लागि भने ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । जसबाट निकै आकर्षक तस्वीर खिच्न सकिने कम्पनीले बताएकाे छ ।

 

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार