काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन लगायत ३० जना विरुद्व परेको रिटको सुनुवाई भईरहेको छ ।
अधिवक्ता मधुकुमार चौलागाईले शेरचन लगायत ३० जनालाई विपक्षी बनाएर हालेको रिटमाथि सुनुवाई भईरहेको हो। शेरचनविरुद्दको रिट न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा छ ।
सीईओ शेरचन र राष्ट्र बैंकलाई समेत विपक्षी बनाएर दायर गरिएको उक्त रिटमा नेपाल राष्ट्र बैंकले पटक-पटक कारबाही गरिसकेका व्यक्ति पदमा रहन नसक्ने भन्दै उनी लगायतका अन्य बैंक तथा वित्तीय सँस्थाका सीईओ पदमा बस्न नमिल्ने भन्दै उनीहरुलाई बर्खास्त गर्नुपर्ने माग गरिएको छ ।
शेरचनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापा केसीले ०७९ माघमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् । तर शेरचनले जसोतसो गरी केहि स्टे अर्टर त लिए तर मुद्दाको अन्तिम व्याखा गर्दै अदालतले उनको कार्यकाल अब २०८१ साल वैशाख ९ गतेसम्म मात्र रहने जनाएको छ ।
‘सीईओ शेरचन र प्रभु बैंकलाई नेपाल राष्ट्र बैंकले हरेक ३ महिनामा विभिन्न शिर्षकमा कारबाही गरेको छ । तसर्थ यो वाफियाको प्रावधान बिरुद्द भएकाले उनलाई बर्खास्त गर्नुपर्ने माग गरिएको हो’ रिट निवेदनमा भनिएको छ ।
अधिवक्ता मधुकुमार चौलागाई वादी भएको उक्त मुद्दामा नेपाल राष्ट्र बैँक केन्द्रिय कार्यालय बालुवाटार काठमाडौँ, नेपाल राष्ट्र बैँक बैँक तथा वित्तियसंस्था नियमन विभाग बालुवाटार काठमाडौँ , प्रभु बैँक लि. रजिष्टर्ड कार्यालय बबरमहल काठमाडौँ, प्रभु बैँक लि.को सञ्चालक समितिका सदस्यहरु, प्रभु बैँक लि.का कार्यकारी प्रमुख अशोक शेरचन, ग्लोबल आई.एम.ई बैँक लि. रजिष्टर्ड कार्यालय कमलादी काठमाडौँ, ग्लोबल आई.एम.ई बैँक लि.को सञ्चालक समितिका सदस्यहरु, ग्लोबल आई.एम.ई बैँक लि.का कार्यकारी प्रमखु सुमन पोखरेल, हिमालयन बैँक लि. रजिष्टर्ड कार्यालय कमलादी काठमाडौँ, हिमालयन बैँक लि.का सञ्चालक समितिका सदस्यहरु प्रतिवादी रहेका छन् ।
त्यस्तै, हिमालयन बैँक लि.का कार्यकारी प्रमुख अशोक शम्शेर राणा, नविल बैँक लि. रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाडौँ, नविल बैँक लि.को सञ्चालक समितिका सदस्यहरु, ज्ञानेन्द्र प्रसाद ढुगांना, एन.आई.सि एसिया बैँक लिमिटेड कर्पोरेट कार्यालय थपाथली काठमाडौँ, एन.आई.सि एसिया बैँक लिमिटेडको सञ्चालक समितिका सदस्यहरु, रोशन कुमार न्यौपाने, कुमारी बैँक लि. रजिष्टर्ड कार्यालय दरबार काठमाडौँ, कुमारी बैँक लि. रजिष्टर्ड कार्यालयको सञ्चालक समितिका सदस्यहरु, रामचन्द्र खनाल, प्राइम कमर्सियल बैँक लि. रजिष्टर्ड कार्यालय कमलपोखरी काठमाडौँ छन् ।
त्यसैगरी, प्राइम कमर्सियल बैँक लि. रजिष्टर्ड कार्यालयको सञ्चालक समितिका सदस्यहरु , प्रमुख सञ्जिव मानन्धर , गरिमा विकास बैँक लि. रजिष्टर्ड कार्यालय लाजिम्पाट काठमाडौँ, गरिमा विकास बैँक लि. जिष्टर्ड कार्यालयको सञ्चालक समितिका सदस्यहरु, गोविन्द ढकाल, रिलायन्स फाइनान्स लि. रजिष्टर्ड कार्यालय प्रदर्शनी मार्ग काठमाडौ, रिलायन्स फाइनान्स लि. रजिष्टर्ड कार्यालयको सञ्चालक समितिका सदस्यहरु / प्रकाश श्रेष्ठलाई समेत प्रतिवादी बनाईएको छ।
यो पनि
प्रभु बैंकका सीईओ शेरचनको कार्यकाल जम्मा ६ महिना बाँकी, पाँडे र राणासहित को-को बाहिरिन्छन् ?
प्रतिक्रिया