Logo

अर्थ

क्रेस्ट माइक्रो लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत



काठमाडाैं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । साथै नेपाल बीमा प्राधिकरणले कम्पनीको बीमाङ्किय मूल्याङ्कन पनि स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आर्थिक बर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो ।

नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्किय मुल्याङ्कनले यस कम्पनी विश्वसनिय तथा भरपर्दो रहेको दर्शाउने गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १२:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।