Logo

अर्थ

आइएमई लाइफको नाफा साढे १४ करोड



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा आइएमई लाइफले १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएकाे छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा कमाएकाे थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११.२२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले यस अवधिमा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको  प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ११.६० रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १३.०४ रुपैयाँ थियो ।  कम्पनीको प्रतिशेयर नेटवर्थ १५०.६६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : कार्तिक २९, २०८१ बिहीबार  ३ : ३१ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।